• अनिल श्रेष्ठ

विराटनगर / फार्मेशी संचालकहरूले चिकित्सकको ‘पे्रस्क्रिीप्सन’ बेगार औषधीको दुरूपयोग गरि लागूऔषध प्रयोगकर्ताहरूलाई औषधी विक्री वितरण गर्ने गरेको पाइएको छ ।
प्रदेश १ को विभिन्न जिल्लामा पछिल्लो समय चिकित्सकको ‘प्रेस्क्रिीप्सन’ बेगार औषधी व्यवस्था विभागले गरेको निर्णायलाई लत्याउँदै पैसाको लोभमा फार्मेशी संचालकले लागूऔषध प्रयोगकर्तालाई औषधी विक्री वितरण गर्ने गरेको पाइएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको कमाण्डमा रहेको क्षेत्रीय अनुसन्धान समूह (रिट) ले मोरङको बेलबारी नगरपालिका – ६ सोमबारेमा वीरेन्द्रकुमार चौधरीले संचालन गरेको ‘सुशान्त मेडिकल हल’ बाट अनुचित प्रयोग गरिने तयारी गरिएको ठूलो परिणामा औषधी बरामद गरेको छ । लागूऔषध प्रयोगकर्तालाई विक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले मंगलबार उक्त फार्मेशीले भण्डारन गरिएको औषधी बरामद गरेको हो ।

प्रहरीले सुशान्त मेडिकल हलको भण्डान गरेर राखिएको ट्रामाडोल ५० एमजीको ७ हजार ९ सय ८० पिस, डिकोलिक २० एमजिको १ हजार पिस, स्पास्मो ३० एमजिको २८० पिस, स्पासेपन २० एमजिको ४ हजार पिस, एम्टिकप ४५ एमजिको १ सय ९८ पिस बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको औषधी अस्पताल भित्र रहेको औषधी फार्मेशी बाहेक अन्यले विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

अन्य फार्मेशीले सो औषधी विक्री गरिहाले पनि चिकित्सकको ‘पे्रस्क्रिीप्सन’ को आधारमा मात्र विक्री वितरण गर्नुपर्ने नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए । उनका अनुसार ट्रामाडोललगायतको औषधी नेपाल औषधी व्यवस्था विभागले २०७४ साउन २४ गते चिकित्सकको ‘प्रेस्क्रिीप्सन’ को आधारमा मात्र विक्री वितरण गर्नुपर्ने निर्णाय गरेको छ । तर, यहाँका केही फार्मेशी संचालकले औषधीको दुरूपयोग गरि पैसाको लोभमा लागूऔषध प्रयोगकर्ताहरूलाई औषधी विक्री वितरण गर्दछन् ।

ट्रामाडोल दुखाई कम गर्ने औषधी हो । तर उक्त औषधी र अन्य विभिन्न औषधी मिक्स गरि लागूऔषध प्रयोगकर्ताहरूले सेवन गरि नशा लिने गर्दछन् । यसरी अनुचित प्रयोग गरि लागूऔषध प्रयोगकर्तालाई औषधी विक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले शुसान्त मेडिकल हलबाट २ जना लागूऔषध प्रयोगकर्तालाई पनि पक्राउ गरेको छ । प्रहरीले औषधी खरिद गर्ने धरान १७ फोक्लान टापुका २१ वर्षीय किशानलाल चौधरी र बेलबारी ५ का २३ वर्षिय शिवजि चौधरीलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । लकडाउनको समयमा सिमा नाका शिल गरिएकोले उनीहरूले लागूऔषध सेवन गर्न भारत जान नपाएपछि औषधीको अनुचित प्रयोग गरि ट्रामाडोललगतको औषधी नशाको रूपमा सेवन गर्ने गरेका हुन् । प्रहरीले बरामद गरेको औषधी आवश्यक कारवाहीको लागि नेपाल औषधी व्यवस्था विभाग विराटनगर बुधबार पठाउने तयारी गरेको छ ।

यस अघि पनि प्रहरीले लागत मूल्यभन्दा तीन गुणा बढी पैसा लिएर औषधीको दुरूपयोग गरी बेच्ने धरान–७ भानुचौकस्थित सुमन फार्मेसीका संचालक विनयकुमार गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका फार्मेसी संचालक गुरूङले चिकित्सकको ‘पेस्क्रीप्सन’ बेगर औषधीको दुरूपयोगले गरेको आरोपमा पक्राउ गरेको थियो ।

फार्मेसी संचालक गुरूङले एपाबालिन –७५ कम्पनीको ‘प्रिगावालिन’ यस्तै ‘प्रेगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधीको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गरेको गर्दै आएका थिए । औषधी व्यवस्था विभागमा दर्ता भएपनि ‘प्रिगावालिन’, ‘पे्रगास्टार’ र ‘डाइसाइक्लोमिन’ नामक औषधी चिकित्सकले पूर्जीमा लेखिदिएको खण्डमा मात्र विक्री वितरण गर्न पाइन्छ । तर, चिकित्सकले लेखिदिएको पूर्जा बेगार औषधी बिक्री गरेको पाइएपछि पक्राउ गरिएको औषधी व्यवस्था विभागले जनाएको छ ।

चिकित्सकको सल्लाहबेगर बिक्री गरिएको औषधीहरू नशाको समस्या भएका बिरामीहरूले सेवन गर्ने गरेको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले जानकारी दिए । ‘प्रिगावालिन र डाइसाइक्लोमिन औषधी मिक्स गरेर सेवन गर्दा नशा लाग्ने गर्दछ । त्यही भएर यो औषधी चिकित्सको सल्लाहमा मात्र विक्री वितरण गर्न पाइन्छ,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भने, ‘सुमन फार्मेसीले औषधीको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको थियो ।’
केही दिन अघि धरानबाट यस्तै प्रेस्क्रिप्सन विना औषधी बेच्ने एक जनामेडिकल संचालकलाई प्रहरीले पक्राउ गरेको थियो ।
aausadai 1