धरान / खसी चोरेर लाग्दैं गरेका ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु मोरङ बेलबारी नगरपालिका-११ का १९ बर्षीय रोशन पराजुली, सुन्दर हरैचा नगरपालिका ७ का २९ बर्षीय डम्बर बहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका-९ का २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षी विवेक तामाङ रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनीहरुलाई प्रहरीले शनिबार धरान–२० स्थित वीपी पार्क नजिक पक्राउ गरेको हो । धरान-१३ का आशबहादुर गुरुङको २ वटा खसीहरु चरन गरिरहेको अवस्थामा चोरी गरेर टेम्पोमा हालेर लगेको सूचनाको आधारमा प्रहरीले चेकपोइट थापेर चेकजाँच गरेको थियो ।
उनीहरुलाई आइतबार चारी मुद्दामा अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीमा म्याद थप गरि कारवाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।