धरान/ मोरङको कटहरी गाउँपालिका १ बाट गाँजासहित दुई युवालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
कटहरी–१ सिङ्गिया खेला नजिकैको वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा को २५ प ८०७४ नम्बरको मोटरसाइकलमा सवार धरान–१५ का ३४ वर्षीय आशिष राई र पछाडि सवार धरान–१६ का २२ वर्षीय सञ्जीव राईलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले बोकेको झोला जाँच गर्ने क्रममा करिब ३ केजी गाँजा बरामद गरिएको छ । पक्राउ परेका आशिष र सञ्जीवसहित मोटरसाइकल मोरङ प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।