भद्रपुर/ ठगी मुद्धामा फरार रहेका एकजना अभियुक्तलाइ कारागार चलान गरिएको छ ।

साविक सुरुङ्गा ५ हाल कन्काई नगरपालिका २ का ६८ वर्षिय हरिभक्त सङ्ग्रौला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई तेह्रथुमको छोतेढुङ्गाबाट पक्राउ गरी झापा जिल्ला अदालत बुुझाइएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

सङ्ग्रौलाले यसअघि एक वर्ष नौ महिना पन्ध्र दिन कैद भुक्तान गरिसकेका थिए । तल्लो तहको अदालतको फैसलाअनुसार त्यति कैद भुक्तान गरी छुटेका उनलाइ सर्वोच्च अदालतले वि.सं.२०७३ चैत ७ गते ३ वर्षको कैद सजाय सुनाएको थियो ।

तर, त्यसयता उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय तेह्रथुमको समन्वयमा उनलाई पक्राउ गरिएको थापाको भनाइ छ । बाँकी कैद भुक्तानका लागि उनलाई झापा कारागार चलान गरिएको उनले जानकारी दिए ।