भद्रपुर । लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ५ का ४० वर्षीय इभनि मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतबाट लुकाई छिपाई एक केजी गाँजा नेपाल भित्राउने मियालाई फुलबारी स्कुल नजिकैबाट इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको डिएसपी राकेश थापाले जानकारी दिए ।
मियालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उनले जानकारी दिए ।