वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर २ पटनाली खोलामा पहिचान नखुलेको पुरुषको शव फेला परेको छ ।

कालो रंगको टि–सर्ट र एडिडास ब्रान्डको आकाशे खैरो रंगको हाफ पेन्ट र रातो रंगको चप्पल लगाएको अन्दाजी ३५,४० वर्ष उमेरको मंगोलीयन वर्णको पुरुषको लाश विहान ५ वजे भेटिएको ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पाडंव राजवंशीले बताए ।

लाश संगै खोलाको पुल माथी, को ३६ प ४०२३ नम्बर भएको सुजुकी कम्पनीको रातो रंगको स्कुटी समेत वेवारिसे अवस्थामा भेटिएको छ ।

घटनाको अनुसुन्धान भईरहेको तथा सनाखत नभएको लाशको प्रकृति मुचुल्का गरि शव पोस्टमार्टमको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रनी राजवंशीले जानकारी दिए ।