वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर २ पटनाली खोलामा भेटिएकोशवको पहिचान खुलेको छ ।

उनीधरान उपमहमहानगर –१३ जिरोपोइन्टका जनकुमार राई भएको इलाका प्रहर कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए । कालो रंगको टि–सर्ट र एडिडास ब्रान्डको आकाशे खैरो रंगको हाफ पेन्ट र रातो रंगको चप्पल लगाएको उनकोशव आजविहान ५ बजे भेटिएको थियो ।

लाशसँगै खोलाको पुलमाथि को ३६ प ४०२३ नम्बर भएको सुजुकी कम्पनीको रातो रंगको स्कुटी समेत वेवारिसे अवस्थामा भेटिएको थियो । उनी मानसिक रुपमा अस्वास्थ्य रहेको पाइएको प्रहरीले जनाएको छ । उनी पुलबाट हामफालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शव पोस्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।