भद्रपुर । घरायसी विवाद हुदाँ छोराले आफ्नै बाबुको हत्या गरेका छन् । झापाको झापा गाउँपालिका ३ कुमरखोद बस्ने ७० बर्षिय साइला टुडुलाई सोमबार राति २५ बर्षिय छोरा सुनिल टुडुले बाँसको भाटाले हिर्काएर घाइते बनाएका थिए ।
आर्थिक अवस्था कमजोर रहेका उनको स्थानीय क्लिनिकमा उपचारको क्रममा मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घट्नामा सम्लग्न टुडुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।