धरान । सादा पोसाकमा खटिएको प्रहरीले भारी परिमाणमा लागूऔषधसहित एक युवालाई सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट पक्राउ गरेको छ ।
देवानगञ्ज २ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकमा खटिएको टोलीले सोमबार देवानगञ्ज ६ का २२ वर्षीय शिवशंकर यादवलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डाइलेक्स डिसी लेखिएको ९९ बोतल लागूऔषध बरामद गर्न सफल भएको छ ।
उनले पछाडि भिर्ने एचपी लेखिएको कालो झोलामा ल्याँदै गररेको अवस्थामा देवानगञ्ज कप्तानगञ्ज सडक खण्डबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई सुनसरी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।