धरान । कानूनतः प्रतिबन्धित औषधि सञ्चय र दुरुपयोग गरेको आरोपमा धरानमा एक जना युवा पक्राउ परेका छन् ।
बुधबार प्रहरीले धरान–१५ गणतन्त्रबस्तीका ३७ वर्षीय राजकुमार चौधरीलाई घरको कोठामा औषधि सञ्चय र दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको घरको कोटाको टीनको बाकसमाथिको बुफरमा लुकाई राखेको अवस्थामा स्पास्मोप्रोक्सिभन प्लस लेखिएको ३ हजार क्याप्सुल बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
चौधरीलाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर मोरङ पठाइएको छ । प्रहरीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।