धरान / धरान १३ बाट एक युवकलाई ब्राउन सुगरसहित आज प्रहरीले पक्राउ गरेको छ ।

धरान १३ बस्ने २०बर्षीय बिजय शेर्पाको घरकोठा तलासी गर्दा निज बिजय शेर्पाले सो कोठाको खाटमा रहेको सिरानी मुनी प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको –अवस्थामा तनि सय मिलिग्राम ब्राउन सुगर फेला परेको इलाका प्रहरी कार्यालयधरानले जनाएको छ ।
उनललाई आज दिउसो पक्राउ गरिएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।