धरान । ज्यान मार्ने उद्योगमा आरोपीलाई धरान प्रहरीले १४ महिनापछि पक्राउ गर्न सफल भएको छ ।
धरान–१४ पिण्डेश्वर बस्ने १९ वर्षीय रञ्जीत तामाङलाई छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा फरार सोही ठाउँका २१ वर्षीय ठम्मरे पारुहाङ भनिने ससिम राईलाई पक्राउ गरिएको हो ।
उनलाई शुक्रबार पक्राउ गरिएको हो । गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार राईले २०७६ असार १० गते धरान–३ आइतबारेस्थित सडकमा छुरा प्रहार गरेका थिए । आवश्यक कारवाहीका लागि सुनसरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
