उदयपुर/ उदयपुरको बेलक तरी जंगलबाट अवैध सखुवाको काठसहित तीन जना पक्राउ परेका छन् ।
चौदण्डीगढी नगरपालिका–३ राजानागी र बेलका नगपालिका–५ बिचमा पर्ने बेलका तरी जंगलबाट अवैध रुपमा सखुवाको काठसहित तीन जना पक्राउ परेका हुन् ।
जिप्रका उदयपुरले प्राकृतिक स्रोत साधनहरुको अवैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियन अन्तर्गत लुकिछिपी अवैध सखुवाको काठ ल्याउदै छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी बसाहाबा खटेका प्रहरी टोलीले अनुमानित ६ क्युफिट काठसहित हिजो दिउँसो ३ः१५ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अवैध काठसहित चौनपा–४ घुम्ति टोल बस्ने ५० वर्षीय बखतबहादुर राई, चौनपा–३ राजारागी बस्ने ५० वर्षीय मित्रमान विक र सोही निबासी ४० वर्षीय रविन्द्र राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अवैध काठसहित पक्राउ परेकाहरुलाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागी चौनपा–७ स्थित ईलाका वन कार्यालय बेल्टारमा पठाएको प्रहरीले जनाएको छ ।