धरान । प्रहरीले उदयपुरको कटारी ताप्लि गाउँपालीका–५ सल्ले स्थितमा बस्ने हुप बहादुर मगरलाई गाँजा सहित पक्राउ गरेको छ ।

मगरलाई मङ्गलबार राती उनकै घरबाट १५ केजी गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरले आफ्नै घरमा गाँजा संचय गर्ने र मौका छोपी बिक्री बितरण गर्ने गरेको विशेष सुराकका आधारमा उनको घरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगर उपर लागुऔषध ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।