भद्रपुर । सशस्त्र प्रहरीले एक हप्ताको अवधिमा तस्करीमा संलग्न दुईवटा मोटरसाइकलसहित ७ लाख भन्दा बढीको अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल गण २ झापा सहित मातहातमा रहेका विओपीबाट परिचालित प्रहरीले ७ लाख ६ हजार ९ सय ३५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरिएको सो कार्यालयले जनाएको छ ।

गण २ बाट खटिएको प्रहरी टोलीले कपडा ,चौपाया र युरीया मल गरी ४४ हजार,घेराबारी विओपीले खाद्यन्य र युरीय मल गरी २ हजार ,पृथीवीनगर विओपीबाट २५ हजार मूल्य बराबरको युरीया मल, भागलडुब्बाबाट मे ९ प १८५८को डिस्कोभर मोटरसाइकल र खैनी गरी १ लाख ५१ हजार २ सय ४० रुपैयाँ ,वाहुनडाँगीले युरीया मल र सेनिटाइजर गरी १ लाख १९ हजार ३ सय २५ रुपैयाँ बरामद गरेको गणका डिएसपी प्रेमबहादुर भण्डारीले बताए ।

त्यसैगरी, कुञ्जीबारीले को ६ प ३२२५ मोटरसाइकल र सुर्ती गरी ४८ हजार ८ सय ५० रुपैयाँ ,काँकडभिट्टाबाट खाद्यन्य र कपडाबाट ७२ हजार ९ सय रुपैयाँ, केचनाले १ लाख ६० हजार ९ सय १० रुपैयाँ बराबरको खाद्यन्य, हाडवेयर र युरीया मल बरामद गरेको उनले जनाए ।

त्यस्तै गौरीगञ्जबाट १० हजार रुपैयाँ मूल्य बराबरको युरीया मल र टाघनडुब्बाले ५४ हजार ७ सय १० रुपैयाँ मूल्य बराबरको सुर्ती, हरियो मटर र खाद्यन्य बरामद गरिएको उनले जानकारी दिए । बरामद सामग्रीलाइ बिहीबार मेची र भद्रपुर भन्सार कार्यालय दाखिला गरिएको उनले जनाए ।