उदयपुर/ उदयपुरमा अवैध सखुवाको काठसहित एक काठ तस्कर र ट्याक्टर पक्राउ परेको छ । उदयपुरगढी नगरपालिका–५ बाट अवैध रुपमा ल्यउदै गरेको सखुवाको चिरान र गोली काठसहित तस्कर र ट्याक्टर पक्राउ परेको हो ।
उदयपुरगढीबाट अवैध रुपमा सखुवाको काठ ल्याउदै छ भन्ने विशेष सुचनाको आधारमा उदयपुरगढी प्रहरी चौकीबाट खटेका विशेष प्रहरी टोलीले ना ७ त ६४१२ नम्बरको ट्याक्टरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा हिजो राती काठसहित काठ तस्कर उदयपुरगढी गाउँपालिका–५ निबासी ४२ वर्षीय पुष्कर भण्डारी र ट्याक्टर चालक स्थानीय ३० वर्षीय अनिल रोक्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टरमा सखुवाको चिरान गरेको ७.८ फिट लम्बाई र ४.३ फिट चौडाई भएको १२ वटा, ७.८ फिट लम्बाई र ४.१ फिट चौडाई भएको ५० वटा र विभिन्न साईजको १२ थान पुरानो गोलियाकाले छोपोको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठसहित पक्राउ परेको दुवै जनालाई अनुसन्धान गरी आवश्यक कार्बाहिको लागी डिभिजन वन कार्यालय कटारी पठाएको जिप्रका उदयपुरले जनाएको छ ।