पथरी/ इलाका प्रहरी कार्यालय पथरीले १३ बर्षिय बालिका अपहरण गरेको अभियोगमा दुईवटा एम्बुलेन्ससहित तीन जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे –८ स्थित विपते मंगलबारेका २१ वर्षीय सुजन रणपहेली, पथरीशनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र मोरङ सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङलाई पक्राउ गरेका छन् ।
आचार्य र तामाङ भने एम्बुलेन्स चालक हुन । सुजन रणपहेली भने अपहरणकारी हुन । रणपहेलीले १३ वर्षीय बालिकालाई पथरीबाट दुई वटा एम्बुलेन्स प्रयोग गरी काठमाडौ लाँदै गर्दा काभ्रेपलान्चोकको साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिपकुमार गिरीले बताए ।
गत सोमबार अपहरीत बालिकाको आमाले पथरीको माइक्रो फाइनन्सबाट २ लाख झिकेकी थिइन् । उक्त रकम झ्क्निु अघिल्लो दिन रकम बुझ्ने बारेमा आफ्न्तसँग फोन बार्ता हुदाँ रणपहेलीले सुनेका थिए । भोली पल्ट रकम बुझेपच्छात उक्त रकम छोरीलाई राख्न दिएका थिए ।

रणपहेली मंगलबार बिहान ४ बजे घरमा आएर बालिकाको मुख थुनेर त्यो दुई लाख रुपैयाँ बोकेर हिँड् नत्र भने तेरो आमासहित परिवार सबैलाई मारिदिने धम्की दिएपछि बालिका रकम बोकेर हिँड्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
नगदसहित बालिका लिएर रणपहेली मंगलबारे चोकबाट को २ च २८८२ नम्बरको एम्बुलेन्स चढेर इटहरी पुगेका थिए । त्यहाँबाट अर्को को २ च ३१२१ नम्बरको एम्बुलेन्सबाट काठमाडौ गएका थिए । काभ्रेपलान्चोकको साँगा भञ्ज्याङ्बाट फेरी उनिहरु को २ च २८८२ नम्बरको एम्बुलेन्समा काठ्माडौं जाँदै गर्दा दुवै एम्बुलेन्ससहित अपहरणकारी सुजन रणपहेली पक्राउ परेको हो । पथरीबाट काठमाडौं पुग्ने भाँडा २०–२० हजार दिने सर्तमा लगेको प्रहरीले बताएका छन् ।
नियन्त्रणमा को २ च २८८२ नम्बरको एम्बुलेन्स चालक पथरीशनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र को २ च ३१२१ नम्बरको एम्बुलेन्स चालक सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन् । नियन्त्रणमा लिइएका तीनै जनालाई अपहरण तथा ज्यान मास्ने र बेच्ने मुद्दामा शुक्रबार म्याद थप गरिएको गिरीले बताए । शंकास्पद व्यक्तिहरुलाई एम्बुलेन्समा चढाउने, महँगो भाडामा एम्बुलेन्स खोजी गरिदिने लगायत अनुसन्धानबाट खुल्ने अन्य ब्यक्तिहरुलाई समेत नछाडिने डीएसपी गिरीले बताए ।