ब्लाष्टखबर । सोलुखुम्बु दुधकुण्ड-८ चागेस्थान स्थितमा चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन । हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएकाे र मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएकाे थिए ।
घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण-११ स्थितमा एक होटलबाट उनले चोरी गरेकाे मुर्ती सहित पक्राउ गरेको हो ।
पक्राउ परेका मगरमाथी कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।