धरान । भन्सार छलेर ल्याउँदै गरेको कपडासहित मानिस पक्राउ परेका छन् ।

मे ५ प ९८६३ नम्बरको मोटरसाइकलमा कपडा ल्याउँदै गरेको अवस्थामा सुनसरी हरिनगर गाउँपालिका–४ का प्रवेजकुमार देवलाई पक्राउ गरिएको हो । उनलाई इनरुवा–५ बलाहामा चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।

प्रहरीले १७ हजार ४ सय ९० रुपैयाँ मूल्य पर्ने महिला तथा पुरुषले लगाउने गार्मेन्टको कपडा बरामद गरेको छ । त्यस्तै मोटरसाइकल पनि बरामद गरी प्रहरीले कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजलाई बुझाएको छ ।