भण्टाबारी/ सशस्त्र प्रहरी बल बिओपे लौकहीले प्रतिबन्धित लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ टाउकोमा बोकेर लुकिछिपी एकजना अपरिचित व्यक्तिले ल्याएको लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।

लागूऔषध बोकेर आएका व्यक्ति सशस्त्र प्रहरीलाई देखेपछि लागूऔषध छाडेर भागेको र सोही क्रममा सुनसरीको कोशी गाउँपालीका १ स्थित सीमा क्षेत्रबाट नाइट्रोजन ८४० पीस र डाईलक्निस डिसि ७१ बोतल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीलाई देखेपछि लागूऔषध छाडेर भारततर्फ भागेको हुँदा खोजी कार्य भइरहेको इन्स्पेक्टर पाण्डेले जानकारी दिए ।