ब्लाष्टखबर । धरानमा बालिका माथि जबरजस्ति करणी गरेका आराेपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान ४ का ३१ वर्षीय शेर बहादुर श्रेष्ठ र धरान १६ का ४२ वर्षीय बिकाश मण्डल रहेकाे ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले  जानकारी दिएका छन् ।

बस्नेतका अनुसार धरान ४ का श्रेष्ठलाई नाता पर्ने १७ वर्षीय बालिकालाई धम्की दिएर पटक पटक करणी गरेकाे भन्दै आएकाे जाहेरी अनुसार बुधबार पक्राउ गरेकाे हाे ।

पक्राउ परेका श्रेष्ठमाथी  जबरजस्ताी करणी मुद्दामा सुनसरी  जिल्ला अदालतबाट १० दिनकाे म्याद थप गरी अनुसन्धान भईरहेकाे डिएसपी बस्नेतले बताएका छन् । 

त्यस्तै धरान १६ का मण्डलले भने साेहि वडाकी १३ वर्षीयबालिकालाई  जबरजस्ताी करणी गरेकाे अभियाेगमा मंगलबार पक्राउ गरेकाे हाे । मण्डलमाथी  जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ दिनकाे म्याद थप गरी अनुसन्धान भईरहेकाे डिएसपी बस्नेतले बताएका छन् ।