ब्लाष्टखबर । धरान २० विष्णुपादुकामा अबैधरूपमा लगाइएका गाँजाकाे प्रहरीले नष्ट गरेकाे छ ।  अस्थाइ प्रहरी चाैकी बिष्णुपादुकाबाट खटिएकाे प्रहरी टाेलिले विष्णुपादुकाकाे तल्लाे खैरे भन्ने ठाउँकाे पाखाेबारीमा लगाइएकाे ६ सय बाेट गाँजा नष्ट गरेकाे इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले  जानकारी दिएका छन् ।

डिएसपी बस्नेतले भने ' केहि स्थानियले घरबारीमा पनि लगाइएकाे रहे छन् । केहि आफै उम्रिएकाे रहेछ । प्रहरीले २ दिनमा नष्ट गरेकाे छ ।  '

उनका अनुसार प्रहरीले बिहिबार र बुधबार गरी २ दिनमा साे परिमाणकाे गाँजाका बाेट नष्ट गरेकाे हाे ।