विराटनगर/ मध्यरातमा जवरजस्ती करणी गरेको भन्दै उजुरी दिने पीडित महिलाको आफन्तलाई सुनसरी प्रहरीले उल्टै नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

सुनसरीको बर्जु गाउँपालिका ६ स्थित चिमडीमा साउन १७ गते शनिबार राती घरमा पसेर स्थानिय सञ्जय मोची (चमार)ले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिने पीडितको आफन्तलाई इलका प्रहरी कार्यालय दुहवीले अभद्र मुद्दा चलाएको हो ।

पीडित महिलाको श्रीमानको भिनाजु निरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको स्थानीय अगुवा मन्जु सरदारले जानकारी दिइन् । जर्बरजस्ती करणीको उजुरी दिन जाँदा पीडितको उजुरी नलिएको प्रहरीले शुरुमा पीडक बिरुद अभद्र ब्यवहारको मुद्दा चलाएको शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनीहरू जानकारी दिए ।

श्रीमान राजगारीको लागि मलेसिया गएको मौका छोपी स्थानीय सञ्जय मोचीले पीडित महिलाको घरको ढोका तोडेर जवरजस्ती करणाी गरेको आरोप छ । जवरजस्ती करणाी गरेको प्रहरीमा उजुरी दिदाँ उल्टै प्रहरीले धम्काउने गरेको उनीहरूको आरोप छ । ‘साझमा खाना खाएपछि सुतेका थियौ,’ पीडित महिलाले पत्रकार सम्मेलनमा भनिन्, ‘मध्य राती सञ्जयले बाँसको ढोका हटाएर घर भित्र पसेर मुख थुनेर जवरजस्ती करणी गर्यो ।’

घर पस्न साथ हात समातेर मुख थुनेर खुट्टाले कमर मुनीको सुरुवाल खोलेर शारिरीक सम्बन्ध कायम गरेको उनको भनाई छ । निरन्तर रुपमा शाररिक सम्बन्ध कायम गरिरहेको बेला आफुले धकेलेर हल्ला गरेपछि घरमा रहेको सासु र ससुरासहित भिनाजुले सञ्जयलाई समातेको उनले बताइन् । मध्यरातमा घरमा पसेर जवरजस्ती करणी गर्नेलाई आफन्तको सहयोगमा समातेपछि सञ्जयको आफन्तले पीडित परिवार माथी आक्रमणसमेत गरेको थियो ।

पीडितको सासुको हातमा धारिलो हतियारले काटेको छ । पीडित परिवारले स्थानीय चिमडी थानामा खबर गरेर प्रहरीको जिम्मा सञ्जयलाई लगाएको थियो । प्रहरी पीडितका भिनाजुले सञ्जय र उनका बावुआमा माथि कुटपिट गरेको भन्दै जाहेरी परेपछि अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको इप्रका दुहबीले जनाएको छ ।

प्रहरीले जर्बजस्ती करणीको जाहेरी लिन नमानेपछि सुनसरीको सरकारी वकिल कार्यालय मार्फत मंगलबार जाहेरी दर्ता भएको छ । सरकारी वकिल कार्यालयमा मार्फत जबर्जजस्ती करणीमा जाहेरी दर्ता भएपछि बलत्कार भएको ७ दिनपछि मात्र प्रहरीले मेडिकल गराएको छ ।

यता इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक घनेन्द्र खजुमले उजुरी दिन आएकी महिलाको वयानको अधारमा मुद्दा अभद्र मुद्दा दर्ता गरेको बताए । ‘अर्को दिन फेरि जवरजस्ती करणी गर्यो भन्दा अर्को जाहेरी लिएर आउन भन्दा नआएर सरकारी वकिलको कार्यालयमा उहाँहरू जानुभयो,’ उनले भने ‘इप्रका नआएर सरकारी वकिलको कार्यालयमा गएपछि उत्तै जाहेर दर्ता भएको हो । ’ सन्जयलाई प्रहरीले घटना भएको रात पक्राउ गरेको थियो ।