धरान । अठ्ठाइस दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ ।
डा. केसीका वार्ता टोली र सरकारी वार्ता टोलीबीच शनिबार मध्यराति सहमति बनेको हो । सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा डा. केसीसँग सहमति पत्रमा हस्ताक्षर गरेका छन् । डा. केसीले आइतबार (आज) बिहान साढे ९ बजे अनसन तोडेका छन् ।
डा. केसीले शैक्षिक सुधारको माग राख्दै यो १९ औं सत्याग्रह हो । पटक पटक सत्याग्रहमा बसे पनि उनको मागलाई सरकारले सहमति पछि बेवास्ता गर्दै आएपछि उनी आमरण अनसनमा बसेका थिए । यसपटक जुम्लाबाट आमरण अनसन सुरु गरे पनि ९ दिनपछि उनलाई काठमाडौं ल्याइएको थियो ।
डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने पहिलो सहमति बनेको छ । जसअनुसार २०८० सालदेखि पढाइसमेत सुरु गरिने सहमतिमा उल्लेख छ ।
यस्ता छन् सहमति