धरान । बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

उच्च अदालत विरानटगरले २० लाख रुपैयाँ जरिबाना तोकेका फरार रहेका अभियुक्त इटहरी उपमहानगरपालिका ६ का ४२ वर्षीय सरोज बुढाथोकीलाई पक्राउ गरिएको हो । उनले विभिन्न व्यक्तिहरूको रकम ठगी गरेको आरोप लागेको थियो । उनीविरुद्ध इटहरी–८ का रामकुमारी थरुनीले जाहेरी दिएकी थिइन् ।

इटहरी ६ पश्चिम बसस्टेण्डमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले असोज २४ गते पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीमा बुझाइएको प्रहरलिे जनाएको छ ।