भद्रपुर/ लागूऔषध(ब्राउन सुगर)सहित दुईजनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ का ३५ वर्षीय सुवास दर्जी र सोही नगरपालिका ८ का ३५ वर्षिय सञ्जीव राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा,सशस्त्र प्रहरी बल गण नम्बर २ झापा र राष्ट्रिय अनुसन्धान झापाबाट संयुक्त रुपमा आइतबार खटिएको टोलीले मेचीनगरनगरपालिका ७ स्थित इट्टाभट्टा पेट्रोल पम्प नजिक चेक जाँच गर्ने क्रममा राजवंशीको साथबाट १ सय ५७ ग्राम ब्राउन सुगर बरामद भएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

नियन्त्रणमा लिएका दुवैलाइ ईलाका प्रहरी कायार्लय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।