भण्टाबारी/ सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालीका वार्ड नम्बर १ स्थित भुटाहाबाट ४७ हजार बराबरको पटाका बरामद गरी नष्ट गरेको छ ।

भारतीय बजारबाट चोरबाटो हुँदै नेपाल भित्र्याइएको ४७ हजार बराबरको विभिन्न प्रकारका भुटाहा बेस् क्याम्पबाट सशस्त्र प्रहरीका इन्स्पेक्टर रुपक नापित नेतृत्वको टोलिले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो ।

बरामद गरिएको पटाका स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,संचारकर्मी लगायतको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । चाडपर्व नजिकै गर्दा जिल्लाको सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपि पटाकाजन्य पदार्थको तस्करी हुने क्रम बढेको पाइन्छ ।