धरान । धरान–१५ का एक युवालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
को १० प ६२५९ नम्बरको मोटरसाइकलमा आउँदै गरेको समयमा धरान–८ साम्पाङ चोकमा जाँच गर्दा १२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित ३८ वर्षीय विजयकुमार रोक्कालाई नियन्त्रणमा लिइएको हो ।
रोक्कालाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १० हजार ९६० रुपैयाँ नगद पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उनलाई आज म्याद थप गरी लागूऔषध कारोबार ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको छ ।