मोरङ । मोरङको रतुवमाई नगरपालिका–१० सातमेडीमा एक युवाको करेन्ट लागेर ज्यान गएको छ ।
२४ वर्षीय रवीन लिम्बूको करेन्ट लागेर मंगलबार ज्यान गएको हो । आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर लिम्बू बेहोस बनेका थिए । उनलाई तत्काल झापाको लाइफलाइन अस्पतालमा उपचारको लागि लगिएकोमा साँझ ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।