भद्रपुर । झापामा एक युवकको शङ्कास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँका २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनजाएको छ । स्थानीयले बुधबार बिहान ९ बजे बाँसघारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

चौधरीको अनुहारमा धारिलो हतियार प्रहार गरेकोले घटना रहस्यमय बनेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी कार्यालय झापाबाट समेत थप प्रहरी टोली परिचालन गरिएको उनले जानकारी दिए । घटनास्थललाई प्रहरीले सिल गरेर धरानबाट तालिम प्राप्त कुकुरद्धारा घटनाको अनुसन्धान तीव्र गतिले अघि बढाइने उनलेले जानकारी दिए ।