धरान । लेनदेनको बिगो मुद्दाका फरार एक युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका–१ का करिब ३५ वर्षीय मिलन घिमिरेलाई पक्राउ गरेको हो । उनविरुद्ध जिल्ला अदालत मोरङले २०७६ पुस २५ गतेका दिन लेनदेन मुद्दामा बिगो कायम गरेको थियो ।

त्यसयता फरार रहेका उनलाई जिल्ला प्रहरीको टोलीले असोज २७ गते पक्राउ गरिएको प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार विराटनगर ३ भट्टाचोकबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।