धरान । धरान–१३ बाट हराएको मोटरसाइकल फेला पारी प्रहरीले धनीलाई बुझाएको छ ।
मंगलबार रातको करिब ८ बजेतिर हराएको को २९ प १२७ नम्बरको पल्सर मोटरसाइकल इलाका प्रहरी कार्यालयले फेला पारी धनी रवि राईलाई बुझाएको छ । रविले बुधबार इप्रका धरानमा मोटरसाइकल हराएको निवेदन दिएका थिए ।
प्रहरीले भने मंगलबार राति नै धरान १६ बाट बेवारिसे अवस्थामा फेला पारेको थियो । सवारी धनीलाई झिकाई पहिचान गरेपछि जिम्मा लगाइएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।