धरान । बास्केटबल खेलाडी ईटहरीका प्रदीप गुरूङकाे उपचार सहयाेगार्थ मैत्रीपुर्ण बास्केटबल म्याच हुने भएकाे छ । 

धरान बास्केटबल संघकाे अायाेजनामा पुस ८ गते म्याच हुने भएकाे हाे । धरान बास्केटबल टिम र झापा बास्केटबल टिम बीच म्याच हुने अायाेजकले जनाएकाे छ ।

प्रदेश १ का खेलाडी गुरूङ अभ्यासका क्रममा घाईते भएका थिए । उनकाे खुट्टाकाे अप्रेसन गर्न २लाख ५० हजार खर्च लाग्ने भएकाले सहयाेग जुटाउन म्याच अायाेजना गरिएकाे धरान बास्केटबल संघका अध्यक्ष तथा नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरज लामाले बताए ।

खेलाडीहरु घाईते भएकाे अवश्थामा राज्यले सहयाेग गर्ने नीति नभएकाले म्याच अायाेजना गर्नु परेकाे बास्केटबल प्रशिक्षक विकास राईले बताए ।