ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्दै लिएर राष्ट्रपति निवास शीतल निवास पुगेका छन्।
बिहान ९ : ४५ बजे बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ताजा जनादेशका लागि संसद विघटन गर्नकाे सिफारिस गर्ने निर्णय भए अनुरूप ओलीले संसद विघटनकाे सिफारिस लिएर राष्ट्रपति भवन पुगेकाे स्राेतले बताएकाे छ ।
पार्टी भित्र विवाद चुलिदै गएपछि पार्टी भित्रैबाट आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन् । विवाद सामाधानका प्रयासहरू भइरहेकाे बेला प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।
प्रधानमन्त्रीद्वारा संसद विघटनकाे उक्त सिफारीस गैर संविधान भन्दै राष्ट्रपतिले स्वीकृत गर्न नहुने भन्दै नेकपा पार्टीभित्र र बाहिरबाट चौतर्फी विरोध सुरु भएको छ ।
संसद विघटन गर्न सिफारिस गरेसँगै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । नेकपाकाे आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि अन्योलमा परेको छ ।