धरान । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।
राष्ट्रपति भण्डारीले १७ र २७ वैशाख २०७८ मा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेकी छन्। नेकपा सहित विभिन्न दलहरूले प्रधानमन्त्रीकाे प्रस्तावकाे विराेध गरिरहेका बेला राष्ट्रपतिले विघटन गरेकी हुन्र ।