ब्लाष्टखबर । सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट संसद् विघटनपछि उनि इतर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षका  मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।  

जस अनुसार पूर्वमाओवादी पक्षका उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, श्रममन्त्री रामेश्वरराय यादव र नेपाल पक्षका घनश्याम भुसाल र योगेश भट्टराई लगायतले पनि राजीनामा दिनसक्ने संभावना रहेको स्रोतको भनाइ छ ।

संसद् विघटन सिफारिस लिएर प्रधानमन्त्री राष्ट्रपती कार्यालय गएसंगै मन्त्री परिसद्काे बैठक पछि पूर्वमाओवादी र  नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिनेबारे छलफल गरेका थिए ।

पूर्वमाओवादीका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने राजीनामा दिने अवस्थामा नभएको स्रोतले जनाएको छ।