ब्लाष्टखबर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे केपी शर्मा ओली पक्षले बाेलाएकाे केन्द्रिय समिति बैठक बालुवाटारमा सुरू भएकाे छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल बताएका छन् ।
बिहान ९ बजेबाट सुरू हुने भनिएकाे बैठक २ घण्टा ठिलाे गरी सुरू भएकाे हाे । स्रतका अनुसार निर्वाचन आयोगमा बुझाउनेका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिएकाे थियाे जसका कारण बैठक समयमा सुरू हुन सकेकाे थिएन ।
बैठकले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठनेता माधव कुमार नेपाल पक्षका नेताहरुलाई कारबाही गरी अरु केन्द्रीय सदस्यहरु थप्ने तयारी गरेकाे छ ।
पूर्व माओवादी समूहका स्थाइ समिति सदस्यहरु मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा सहभागी भएका छन् ।
सोमबार राति बालुवाटार पुगेर ओलीसँग भेट गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने बैठकमा सहभागी भएका छैनन् । पुल्चोकस्थित मन्त्री निवासमै पुगेर मंगलबार बिहान बादललाइ अर्का अध्यक्ष प्रचण्डले पनि भेटेका थिए ।
यसअघि नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको थियाे । त्यसलाई औपचारिकता दिन आज १ बजे कार्की ब्यांक्वेट बबरमहलमा प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक पनि बस्दै छ ।