वराहक्षेत्र  । गाउँले किशोर किशोरीहरुलाई, बलात्कार विरुद्ध सचेतना जगाउँन, वराहक्षेत्रको वार्ड नं. १ मा ‘ बलात्कार विरुद्ध २ दिने अभिमुखिकरण कार्यक्रम ’ सम्पन्न भएको छ ।

नगरपालिकाको राष्ट्रिय युवा परिषदको वार्ड नं. १ ईकाईको आयोजनामा, माघ १६ र १७गते कार्यक्रम भएको हो ।

वार्डको खारखोला स्थित कार्यलयमा भएको कार्यक्रममा, सामुदायिक र निजि विद्यालय तथा बाल क्लबबाट आएका,करिब ४० जना छात्र छात्रा सहभागि भएका थिए ।

स्थानिय आदर्श,औलियार ज्वालामुखि मावि, बराह राइृजिङ्ग स्टार इंगलीस स्कुल,संस्कृत वेद विद्याश्रम गुरुकुलम र नमूना सुन्दर विहानी वाल क्लवका किशोर,किशोरी तथा विद्यार्थीलाई, समाजमा बढ्दो बलात्कार तथा यौन हिंसाको घटनाहरुको बारेमा बुझाउन, अध्यक्ष प्रिती साहले विभिन्न श्रव्य दृश्य सामाग्री प्रस्तुत गरेको थिईन् , भने प्रशिक्षक दिलमान राइले,आत्मरक्षाको लागि कराटेको तालिम दिईएको, राष्ट्रिय युवा परिषदकीअध्यक्ष साहले बताईन् ।

कर्यक्रममा विद्यार्थी जेनिशा मगर कराटेमा उत्कृष्ठ भईन् , भने कञ्चन घिमिरेले कविता पाठ गरेकीथिईन् । विद्यार्थीहरु सुधाकार्की,उपेक्षाकार्की ढोली र एलिनातिम्सिनाले,तालिमले आफुहरुमाआत्मविश्वास बढेको बताए । 

कार्यक्रममा, पहिलो र दोश्रो दिनका प्रमुख अतिथिद्वय वडा अध्यक्ष सुरेश श्रेष्ठ र इप्रका चतराका सई अमर कुमार लावती, विशिष्ट अतिथिहरु,आदर्श माविका सह–प्रधानअध्यापक ज्ञान बहादुर पाण्डे, वार्ड नं.१ नेका सभापति ईश्वर थापा, वडा पारालिगलकीअध्यक्षकमला भट्टराई र युवा परिषदको वार्ड नं. ७अध्यक्ष चित्रमान राई र पत्रकारले सहजीकरण गर्दै उनीहरुलाई, बलात्कारबाट कसरी बच्ने, यसको कानुनी उपचार के कस्तो रहेको छ भने बलात्कारका घटनाहरु लाई  निरुत्साहित गर्न युवा तथा समाजको भुमिका को बारेमा बोलेका थिए ।


प्रिती साहको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालनउपाध्यक्षअंकीत ढुंगानाले गरेका थिए ।