ब्लाष्टखबर । लागुऔषध  खैराे हेराेइनसहित  इलाममा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नं ३  शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी रहेकाे प्रहरी चौकी दानाबारीले

जनाएकाे छ ।

प्रहरी चाैकीका अनुसार  माई नगरपालिका ४ लखनचोकमा  सवारी चेकजाँचका क्रममा  बिर्तामोडबाट इलाम दानाबारी तर्फ जादैगरेकाे मे १० प ५१७४ नम्बरको मोटरसाईकलमा सवार  रमेशकाे साथबाट प्रहरीले ४५० मिलिग्राम लागू औषध खैरो हेरोईन बरामद गरेकाे हाे । 

बरामद लागुऔषध पक्राउ परेका उनिलाई  जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।