बिर्तामोड । साहित्यकार भगवती ढुङगेल र अर्जुनधारा–४ का समाजसेवी मिना राईले भिमले आधारभुत बिद्यालयमा लत्ता कपडा तथा स्टेशनरी सहयोग गरेका छन् ।

अर्जुनधारा नगरपालिका–१ को विकट भिमले आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई साहित्यकार ढुङगेलले स्वेटर र जुत्ता प्रदान गरेकी हुन् । बिद्यालयमा शुक्रबार आयोजित एक समारोहमा ढुङगेलले स्वेटर र जुत्ता प्रदान गरेकी थिइन् ।

बिद्यालयमा अध्ययन गर्दै गरेका १ सय ३४ बिद्यार्थीलाई बिद्यालय आउन सहज होस भनेर सामग्री प्रदान गरेको उनले बताईन् । अति विपन्न समुदायका बिद्यार्थी अध्ययन गर्ने बिद्यालय छनौट गरेर विगतदेखि नै ढुङगेलले यस्ता सामग्री प्रदान गर्दै आएकी छिन् ।  

यस्तै, अर्जुनधारा ४ का समाजसेवी मिना राईले पनि सम्पुर्ण बिद्यार्थीका लागि कापी, पेन्सिल र डटपेन प्रदान गरेही हुन् । सोही बिद्यालयमा एकजना बिपन्न समुदायकी बालिकाको सम्पुर्ण शिक्षण खर्च आफुले ब्यवस्थापन गरिरहेको बताउँदै उनले समारोह आयोजना भएको अवसरमा सम्पुर्ण बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको बताईन् ।