श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ २६ गते सोमबार, ८ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको त्रयोदशी तिथि २ः२६ बजेसम्म, उप्रान्त चतुर्दशी तिथि, नक्षत्र पूर्वषाढा १४ः५७ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४५ र सूर्यास्त ५ः५० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्नेछ । कार्यमा सफलता पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार–व्यवसायबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको सम्बन्ध गाँसिने बेला छ । दिन राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकस्मिक धनलाभ हुनेछ । प्रेमसम्बन्धमा सफलता पाइनेछ । मन प्रसन्न रहला । फलदायी यात्रा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना रोकिएका कार्यहरू पूरा हुँदै जानेछन् । व्यापार–व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । दिन राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्म–कर्मका साथै सामाजिक कार्यमा मन जानेछ । पढाइमा भन्दा मनोरञ्जनतिर मन जानेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक समस्याले मानसिक चिन्ता बढ्नेछ । सवारीसाधनमा सावधानी अपनाउनु होला । आजको दिन सामान्य छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारीसाधन किन्ने योग रहेको छ । लामो दूरीको यात्रा हुने योग छ । पढाइमा मन जानेछ । मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुटाउनेछ ।