श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ २७ गते मङ्गलबार, ९ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको चतुर्दशी तिथि १ः२७ बजेसम्म, उप्रान्त पञ्चमी तिथि, नक्षत्र उत्तरषाढा १४ः२८ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः५१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । विद्याको विकास हुनेछ । सामाजिक र  न्यायिक कार्यमा सफलता मिल्ला ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

आत्माविश्वासको कमीले गर्दा कार्यहरू रोकिन सक्छ । स्वास्थ्यमा अचानक समस्या आउन सक्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

महिलावर्गबाट विशेष सहयोग मिल्नेछ ।  नया“ सामान हात पर्ने  र शिक्षामा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आर्थिक कारोबारमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । छोटो दूरीको यात्रा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । महिला वा मित्रजनबाट सहयोग मिल्नेछ । पढाइमा रुचि बढ्ला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज दबाव र तनाव बढेको महसुस हुनेछ । प्रेमी–प्रेमीकाको बीच खिन्नता बढ्नेछ । मन निराश हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र व्यापार–व्यवसायबाट फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रेमसम्बन्धका लागि समय राम्रो छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दूरीको यात्रा होला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफन्तको प्रगतिमा मन रमाउनेछ । आँटे ताकेका कार्यहरू विस्तारै पूरा हुँदै जानेछन् । फलदायी यात्रा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामकाजमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको महसुस हुनेछ । आँखाको समस्याले सताउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । धर्म–कर्ममा मन जाने देखिन्छ ।