श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ २९ गते बिहीबार, ११ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको औंसी तिथि ००ः५१ बजेसम्म, उप्रान्त प्रतिपदा तिथि, नक्षत्र श्रवण १४ः१९ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः५२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
कार्य सिद्धि होला । मान, सम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले साथ दिनेछ । उच्च अधिकारीबाट सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त रहनेछ । कष्ट, रोग, आकस्मिक सङ्कट आदिको भय रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन प्रसन्न रहला । धन र स्वास्थ्यलाभको साथै सुख प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार–व्यवसायबाट प्रशस्त धनलाभ होला । उत्तम भोजन प्राप्त हुनसक्नेछ । मन प्रसन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता पाइनेछ । रोकिएका कार्यहरू पूर्ण हुँदै जानेछन् । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पेटसम्बन्धी समस्याले निकै सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला । यात्रा असफल रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । लामो दूरिको यात्रा हुने योग छ । पढाइमा मन जानेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सभा समारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । अचल सम्पत्ति हातपर्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । मान, सम्मान एवम् सत्कार पाइएला । वैदेशिक क्ष्ँेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्ष्ँेत्रमा रुचि बढ्नेछ । दिन राम्रँे छ ।