सुनसरीमा राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी थालिएको छ । 

कोशी गाउँपालिकाको कार्यालय र इनरुवाको सृष्टी समाजले सुनसरीको कोशी कटानमा प्रतियोगिता संचालनको तयारी थालेको हो । 

फागुन २ र ३ गते आयोजना गर्न लागिएको तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक वसन्त सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार प्रतियोगितामा विभागीय सहित ७ वटै प्रदेशको सहभागिता रहने छ ।  

आयोजकले प्रतियोगितामा अघिल्ला संस्करण सरह राष्ट्रिय खेलाडीको बाहुल्यता रहने जनाएको छ ।