ब्लाष्टखबर । मन्टेश्वरी किन्डर गार्टेन्डले सरस्वती पूजाको दिनदेखि आफ्नै भवनबाट पठनपाठन थाल्ने भएकाे छ । धरान १६ स्थित अन्नपूर्णचोक नजिकै सञ्चालनमा रहकाे किन्डर गार्टेन्ड जाेर सखुवामा रहेकाे नवनिर्मित आफ्नै भवनमा सर्ने भएकाे हाे ।
एक वर्ष देखी नै आफ्नै भवनमा सर्ने याेजना बनाएकाे भएपनि काेराेनाका कारण भवन निर्माणमा ढिलासुस्ती भएपनि फागुन ४ गतेबाट पठनपाठन सञ्चालन हुने गरी नवनिर्मित भवनमा सर्ने सञ्चालक गौरवमान श्रेष्ठले बताएका छन् ।
उनले भने ' भवन निर्माण भइरकेकाे छ । काेठाहरू मिलाउने काम भइरहेकाे छ । सम्भवत एक दुई दिनमा काेठा मिलाउने काम पनि सम्पन्न हुन्छ । '
भाडाकाे भवनमा बस्दै आएकाे भवनमा भन्दा नवनिर्मित भवनमा काेठाहरू ठूला भएकाले यहाँ मन्टेश्वरीले चाहे जसरी शिक्षा दिन सकिने बताउँदै उनले बालबालीकाहरूका लागी अवश्यक खेल मैनदान बास्केटबल, फुटसल कोर्टलगायत निर्माण गरिने बताएका छन् ।
मन्टेश्वरीले दुईदेखि ६ वर्ष उमेर समूहका बालबालिकालाई अक्षर चिनाउन तथा आचरण तथा शिष्टाचार सिकाउनुका साथै असल व्यवहार गर्न उत्प्रेरित गर्ने, सन्तुलित आहार मन पराउने, अनुशासित हुनेजस्ता सीपमूलक शिक्षा दिँदै आएको छ।
दुई कट्ठा जमीनमा निर्माण सम्पन्न भएकाे मन्टेश्वरीकाे उक्त भवन भूकम्पप्रतिरोधी रहकाे श्रेष्ठले बताएका छन् ।