श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ ३० गते शुक्रबार, १२ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको प्रतिपदा तिथि ००ः४४ बजेसम्म, उप्रान्त द्वितीया तिथि, नक्षत्र धनिष्ठा १४ः३५ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः५२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ । प्रेमीको  साथ र सहयोग पाइनेछ ।    

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

नया“ कामको योजना बन्नेछ । नाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सन्तोष छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

राज्यबाट सहयोग मिल्न सक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आत्मसन्तुष्टि मिल्नेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । वित्तीय संस्थाबाट सहयोग प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शरीरमा आलश्य छाउनेछ । पढाइमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी गर्दा विचार पु¥याउनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवारिक समस्याले गर्दा मानसिक चिन्ता बढ्नेछ । कामकाजमा विशेष प्राथमिकता दिँदा सफल भइएला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययन–अध्यापनमा मन जानेछ । आफूले सोचेका कार्यहरू पूरा हुँदै जानेछन् । यात्रा सफल रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खानपान तथा मनोरञ्जनमा समय बित्नेछ । साहित्यिक क्ष्ँेत्रमा रुचि बढ्नेछ । फलदायी यात्राको योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज राज्यबाट मान, सम्मान पाइनेछ । आँटे ताकेको कुरा पूर्ण हुँदै जानेछ । छोटो दूरीको यात्रा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता पाइनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज मन खिन्न हुने स्थिति देखिन्छ । आँखासम्बन्धी समस्याले सताउन सक्छ । शरीरको ख्याल गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोस, जाँगर र हिम्मत बढ्नेछ ।