श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल फागुन २ गते आइतबार, १४ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको तृतीया तिथि २ः१४ बजेसम्म, उप्रान्त चतुर्थी तिथि, नक्षत्र पूर्वभाद्र १६ः४५ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः५४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

तपाईंमा उल्लेखनीय विश्वास र बुद्धि प्राप्त हुनेछ । व्यापार–व्यवसायबाट राम्रो फाइदा होला । दिन राम्रो छ ।     

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

परिस्थितिजन्य समस्याले तपाईंलाई समस्या पर्नेछ । आफन्तजनबाट उचित सहयोग नहोला । दिन सामान्य छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

तपार्र्इंले निर्णय गर्नुपरेमा अरू मानिसको भावनालाई विशेष ध्यान दिएर अगाडि बढ्दा राम्रँे हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मानसिक समस्या र निराशाबाट जोगिनु होला । तपाईंमा छिटो पैसा कमाउने इच्छा बढ्नेछ । यात्रा कष्टकर देखिन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शरीरिक फूर्ति र ऊर्जा वृद्धि हुनेछ । जागिरको क्षेत्रमा सकारात्मक परिणाम देखिन्छ । यात्रा फलदायी होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विदेश या बाहिरी क्षेत्रसँग सम्बन्धित विषयमा लाभ र सफलता मिल्न सक्छ । छोटो दूरीको यात्रा हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यसिद्धिमा अनेकौं बाधा, व्यवधान र विलम्ब आउने देखिन्छ । नयाँ कामको थालनी नगर्दा राम्रँे होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मानसिक तथा पारिवारिक सुख–शान्तिको क्षेत्रमा भने मेही कमी आउला । सोचेको कार्य अपूरो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापारिक कारोबारबाट प्रशस्त लाभ हुनेछ । लामो यात्रा गर्दा आफ्नो इष्टदेवलाई स्मरण गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वैदेशिक यात्राको योग बनेको छ । पढाइमा मन जानेछ । खानपानमा विचार पु¥याउनु होला । दिन सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वस्त्रको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । तपाईंको अत्यावश्यक कागजपत्रहरू हराउन सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटे ताकेका कार्यहरू पूर्ण हुँदै जानेछन् । दिन राम्रो रहेको छ ।