श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल फागुन ३ गते सोमबार, १५ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको चतुर्थी तिथि ३ः५३ बजेसम्म, उप्रान्त पञ्चमी तिथि, नक्षत्र उत्तरभाद्र १८ः४१ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः४० र सूर्यास्त ५ः५५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

समय राम्रँे रहेको छ । सोचेका कार्यहरू पूर्ण हँुदै जानेछन् । आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ ।     

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

वस्त्र तथा आभूषणको व्यापार– व्यवसायबाट लाभ हुने योग छ । आँखासम्बन्धी समस्याले सताउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धार्मिक कार्यमा मन जानेछ । आयभन्दा व्यय धेरै हुने योग छ । आवश्यकता भन्दा धेरै खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यपार–व्यवसायमा लगानी गरेमा प्रशस्त लाभ हुनेछ । आफन्तको सहयोग प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धेरै समयको अन्तरालमा पारिवारिक मेलमिलापले मन प्रसन्न रहला । मनोरञ्जनतर्फ मन जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नो व्यापार–व्यवसायबाट सोचेअनुरूप लाभ नहोला । शरीरमा आलश्यता छाउनेछ । पढाइतर्फ मन जाने छैन । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक असन्तुष्टिका कारण मानसिक चिन्ता बढ्नेछ । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । आकस्मिक धनलाभ हुनेछ । प्रेमसम्बन्ध सफल रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समाजका प्रतिष्ठित व्यक्तिबाट मानसम्मान प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला । सोचेअनुरूप काम बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सोचेअनुरूप काम नहुँदा मन खिन्न हुनेछ । आफन्तको सहयोग प्राप्त नहोला । वैदेशिक यात्रा असफल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ । यात्रा सफल होला । दिन उत्तम रहेको छ ।