श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल फागुन ४ गते मङ्गलबार, १६ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको पञ्चमी तिथि ६ः०२ बजेसम्म, उप्रान्त षष्ठी तिथि, नक्षत्र रेवती २१ः१० बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३९ र सूर्यास्त ५ः५६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

आज नया“ कार्यको योजना बन्नेछ । इनाम र प्रतिष्ठा कमाउन बेला छ । परिवारमा सुख र सन्तोष छाउनेछ ।     

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मन खिन्न हुने स्थिति आउन सक्छ । बन्न लागेको काम अन्तिममा बिग्रने  र झमेला आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अगाडि बढ्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिस्थिति अनुकूल रहनेछ । लगनशीलताले लक्ष्यमा पु¥याउनेछ । छोटो समयमै फाइदा उठाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुनसक्छ । मन प्रसन्न रहला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । आकस्मिक धनलाभ हुनेछ । प्रेमसम्बन्ध सफल रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शरीर अस्वस्थ रहला । सामाजिक कार्यमा जुट्नुपर्ने अवस्था आउनेछ । व्यापारिक लगानीमा जोखिम बढ्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यका लागि आहार विहारमा ध्यान पु¥याउनु होला । नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सरकारी क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । उच्चस्थान हासिल गर्ने योग रहेको छ । छोटो दूरीको यात्रा होला ।