श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल फागुन ६ गते बिहीबार, १८ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको षष्ठी तिथि ८ः३४ बजेसम्म, उप्रान्त सप्तमी तिथि, नक्षत्र भरणी ३ः०६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३८ र सूर्यास्त ५ः५७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
प्रयत्न गर्दा शुभकार्यको प्रक्रिया अघि बढ्न सक्छ । फाइदाका लागि केही वस्तु त्याग्नु पर्नेछ । छोटो दूरीको यात्रा होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । ईष्र्या गर्नेहरूले केही अवरोध पु¥याउन सक्लान् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रचनात्मक काममा जुट्ने समय छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । दिन सामान्य छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सञ्चित रकम खर्चिनु पर्ने हुनसक्ला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनु पर्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषिमा कामको चाप बढ्नेछ । व्यापारमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्नेछन् । भैपरी आउने कामले योजना स्थगित हुनसक्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वासको कमीले व्यवहारमा पछि परिनेछ । आफैलाई अप्ठ्यारोमा पार्ने समय आउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय आएको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज सहयोगीहरूले साथ दिनेछन् । गरेको कामकाजको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार–व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । समय उत्तमखालको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिछोडिएका मित्रजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन तथा आनन्द प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । खर्च हुने डरले सताउन सक्छ । आजको श्रमबाट धेरै फाइदा हुनेछ ।